क्रोएसिया नेसन्स लिगको फाइनलमा

क्रोएसिया नेसन्स लिगको फाइनलमा : Icon Khabar

काठमाडौं, जेठ ३२ । अतिरिक्त समयमा दुई गोल थपेपछि नेदरल्यान्ड्समाथि रोमाञ्चक जित निकाल्दै क्रोएसिया युइएफए नेसन्स लिग ए च्याम्पियन्ससिपको फाइनलमा प्रवेश गरेको छ ।

अतिरिक्त समयमा ४–२ को रोमाञ्चक जित निकाल्दै क्रोएसिया फाइलमा प्रवेश गरेको हो । क्रोएसियाको रोमाञ्चक जितमा एन्डरेज क्रामारिच, मारियो पासालिस, ब्रुनो पेटकोभिच र कप्तान लुका मोड्रिचले गोल गरे । डच टोलीका डोनेल मालेन र नोआ लाङले गोल फर्काए ।

स्टेडियम फेइजेनुर्ड रोटरडम नेदरल्यान्ड्समा बुधबार राति भएको खेलमा सुरुवाती अग्रता लिएपनि घरेलु टोलीले त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । प्रतिस्पर्धात्मक खेलको ३४औ मिनेटमा मालेनको गोलबाट डच टोली पहिलो हाफमा १–० ले अघि बढेको थियो । उनले माट्स वेइफेरको पासमा गोल गर्न सफल भएका थिए ।

५५औं मिनेटमा एन्डरेज क्रामारिचले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउँदै क्रोएसियालाई खेलमा फर्काए । ७२औं मिनेटमा मारियो पासालिसले गोल गर्दै खेलमा क्रोएसियालाई २–१ को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा नोआ लाङले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याए ।

अतिरिक्त समय भने क्रोएसियाको पक्षमा रह्यो । ९८औं मिनेटमा ब्रुनो पेटकोभिचले गोल गर्दै क्रोएसियालाई ३–२ को अग्रता दिलाए । उनले कप्तान मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए ।

११६औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै क्रोएसियालाई ४–२ को रोमाञ्चक पूनरागमन जितसँगै टोलीलाई फाइनलमा पुर्याए ।

अब क्रोएसियाले उपाधिका लागि १८ जुनको राति स्पेन र इटालीबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीले आज राति खेल्दैछ । नेदरल्यान्ड्सले तेस्रो स्थानको लागि यि दुई टोलीबीचको पराजित टोलीसँग १७ जुनको राति खेल्नेछ । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 June 2023
Website | + posts




ताजा
भक्तपुरमा पर्यटकको भीड बढ्दो, तीन महिनामै ४७ हजारभन्दा बढी विदेशी आगमन
नागढुंगा सुरुङबाट दशैंमा बस चलाउने सरकारको तयारी किन भएन कार्यान्वयन ?
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो
विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने