क्रोएसिया नेसन्स लिगको फाइनलमा

क्रोएसिया नेसन्स लिगको फाइनलमा : Icon Khabar

काठमाडौं, जेठ ३२ । अतिरिक्त समयमा दुई गोल थपेपछि नेदरल्यान्ड्समाथि रोमाञ्चक जित निकाल्दै क्रोएसिया युइएफए नेसन्स लिग ए च्याम्पियन्ससिपको फाइनलमा प्रवेश गरेको छ ।

अतिरिक्त समयमा ४–२ को रोमाञ्चक जित निकाल्दै क्रोएसिया फाइलमा प्रवेश गरेको हो । क्रोएसियाको रोमाञ्चक जितमा एन्डरेज क्रामारिच, मारियो पासालिस, ब्रुनो पेटकोभिच र कप्तान लुका मोड्रिचले गोल गरे । डच टोलीका डोनेल मालेन र नोआ लाङले गोल फर्काए ।

स्टेडियम फेइजेनुर्ड रोटरडम नेदरल्यान्ड्समा बुधबार राति भएको खेलमा सुरुवाती अग्रता लिएपनि घरेलु टोलीले त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । प्रतिस्पर्धात्मक खेलको ३४औ मिनेटमा मालेनको गोलबाट डच टोली पहिलो हाफमा १–० ले अघि बढेको थियो । उनले माट्स वेइफेरको पासमा गोल गर्न सफल भएका थिए ।

५५औं मिनेटमा एन्डरेज क्रामारिचले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउँदै क्रोएसियालाई खेलमा फर्काए । ७२औं मिनेटमा मारियो पासालिसले गोल गर्दै खेलमा क्रोएसियालाई २–१ को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा नोआ लाङले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याए ।

अतिरिक्त समय भने क्रोएसियाको पक्षमा रह्यो । ९८औं मिनेटमा ब्रुनो पेटकोभिचले गोल गर्दै क्रोएसियालाई ३–२ को अग्रता दिलाए । उनले कप्तान मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए ।

११६औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै क्रोएसियालाई ४–२ को रोमाञ्चक पूनरागमन जितसँगै टोलीलाई फाइनलमा पुर्याए ।

अब क्रोएसियाले उपाधिका लागि १८ जुनको राति स्पेन र इटालीबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीले आज राति खेल्दैछ । नेदरल्यान्ड्सले तेस्रो स्थानको लागि यि दुई टोलीबीचको पराजित टोलीसँग १७ जुनको राति खेल्नेछ । –एजेन्सी

Published Date: 15 June 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु