अर्थ समितिद्वारा नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्स वितरण रोक्न निर्देशन

अर्थ समितिद्वारा नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्स वितरण रोक्न निर्देशन : Icon Khabar

काठमाडौँ, जेठ ३० । अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्स वितरण रोक्न निर्देशन दिएको छ । सोमबार बसेको समिति बैठकले स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण रोक्न निर्देशन दिएको हो ।

समितिबाट बिस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्मको लागि नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईन्सेन्स प्रकृया अघि नबढाउन निर्देशन दिएको छ ।

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति प्रदान गरिएको सम्बन्धमा न्यूनतम मापदण्ड पुरा गरे नगरेको विषयमा समितिले छानविन गरी निष्कर्षमा नपुगेसम्म इजाजत सम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगन गर्न नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिने निर्णय गरेको हो ।

Published Date: 13 June 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग