भक्तपुरको यातायात कार्यालयको ‘सर्भर डाउन’ ले सेवाग्राहीलाइ सास्ती नै सास्ती

भक्तपुरको यातायात कार्यालयको ‘सर्भर डाउन’ ले सेवाग्राहीलाइ सास्ती नै सास्ती : Icon Khabar

भक्तपुर, पुष २०। भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको वडा नं ७ राधे राधेमा रहेको यातायात व्यवस्था कार्यालयमा (ड्राइभिङ लाइसेन्सका लागि) सेवाग्राहीको लाम लाग्ने दैनिकी छ ।
वाग्मती प्रदेशका १३ जिल्लाका सेवाग्राही नयाँ लाइसेन्स, लाइसेन्स नविकरण, लाइसेन्सको परीक्षण परीक्षा लिन लगायतका कामका लागि बिहान ६ बजेदेखि कार्यालयमा भिड लागेका छन् भने थोरै संख्यामा सेवा दिने कर्मचारीबाट सेवा लिन पर्खिरहेका छन् ।

तीमध्ये एक सिन्धुपाल्चोककी रुपा खड्काले आफू लगातार दुई दिन बिहान ६ बजेदेखि कार्यालयमा लाइनमा बसेको बताइन् । कार्यालयले ‘सर्भर डाउन’ भन्दै सूचना जारी गरेपछि खड्का जस्ता सेवाग्राही आन्दोलनमा उत्रिएका हुन् । प्राविधिक कारणले कार्यालयमा सेवा प्रवाह रोकिएको थियो । एउटै सेवाका लागि चार ठाउँमा लाइनमा बस्नुपर्ने र एउटै झ्यालबाट सबै सेवा लिन नसक्ने आक्रोश खड्काले बताइन् । “सरकारले हामीलाई सजिलो र सुविधाजनक सेवा कहिले दिन्छ?”, उनले सोधिन्।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक सेवा र सार्वजनिक सरोकारका विषयलाई छिटो र प्रभावकारी बनाउनेलगायतका विषयमा सरकारका मन्त्रालय र मातहतका निकायलाई ३० बुँदे निर्देशन जारी गरेपछि यो निराशा देखिएको हो । । ३० बुँदेमध्ये एउटाले सवारी चालक अनुमतिपत्र, राहदानी, स्वास्थ्य, शिक्षालगायतका आधारभूत सेवामा पहुँच पुर्‍याउन सर्वसाधारणले भोग्नुपरेको कठिनाइलाई तत्काल हटाउन प्राथमिकतामा राखेको थियो ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को पहिलो बैठकमा राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका सेवाका लागि सेवाग्राहीलाई लाइनमा बस्न झन्झट नपरोस् भन्ने व्यवस्था मिलाउने निर्णय पनि गरेका थिए । सरकार प्रमुखले पदभार ग्रहण गरेपछि सार्वजनिक सेवा प्रवाहमा सकारात्मक हस्तक्षेप गरे पनि ती सार्वजनिक कार्यालयका समस्या यथावत छन् ।

यातायात व्यवस्था कार्यालय भक्तपुरले दैनिक औसत १ हजार ५ सय सेवा प्रवाह गरिरहेको कार्यालयका प्रमुख शिवकुमार निरौलाले जानकारी दिए । सर्भर डाउनले यहाँ मात्र नभई हिजो र आज पनि सानो भर्याङ, सुकेधारा, गुर्जुधारालगायतका यातायात कार्यालयमा सेवा प्रवाह प्रभावित भएको छ ।

मुलुकका सातवटै प्रदेशका सबै यातायात व्यवस्थापन कार्यालयमा सञ्चालित सर्भर संघीय सरकारअन्तर्गतको यातायात व्यवस्था विभागको नियन्त्रणमा रहेको छ । यातायात व्यवस्था विभागको कमजोरीका कारण सेवाग्राहीका साथै धेरै प्रदेशका यातायात व्यवस्था कार्यालयका प्रमुखले सेवाग्राहीको गुनासो बारम्बार उठाउँदै आएको गुनासो गर्दै आएका छन् । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 January 2023
Website | + posts








ताजा
असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ
भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा प्रजिअ पाण्डेको स्वागत
चाँगुनारायणमा जनप्रतिनिधिका तीन वर्ष : विकास र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?