मेस्सी र रामोसको अन्तिम खेलमा पिएसजीको हार

मेस्सी र रामोसको अन्तिम खेलमा पिएसजीको हार : Icon Khabar

काठमाडौँ, जेठ २१ । लिग वान च्याम्पियन बनिसकेकाे पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्नाे अन्तिम खेलमा हार बेहोरेको छ ।पिएसजीका लागि अन्तिम खेल खेलिरहेका फरवार्ड लियोनेल मेस्सी र डिफेन्डर सर्जियो रामोसले आफ्नाे अन्तिम खेलमा टाेलीलाई जिताउन सकेन ।

दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ ले पराजित भएको हो । रमन्टफर्टको जितमा जोहान गास्टिन, मेदी जिफेन र ग्रिजोन केयईले गोल गरे । पिएसजीका सर्जियो रामोस र केलियन एमबाप्पेको गोल सान्त्वना बन्यो ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको पाँचौं मिनेटमा ग्रिजोन केयईको गोलले मान्यता पाएन । १६औं मिनेटमा रामोसले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । उनले भिटिन्हाको पासमा गोल गर्न सफल भएका थिए ।

२१औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । एलिडु सेइडुले पेनाल्टी बक्समा अचरफ हाकिमीलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा एमबाप्पे चुकेनन् ।

तर, त्यो दुई गोलको अग्रतालाई पिएसजीले जोगाउन सकेन । २४औं मिनेटमा जोहानले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३७औं मिनेटमा ग्रिजोन केयई पेनाल्टीमा चुक्दा क्लेरमन्ट फुर्ट बराबरीबाट चुक्यो ।

पहिलो हाफको इन्ज्युरी समयमा मेदी जिफेनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि ६३औं मिनेटमा ग्रिजोन केयईले गोल गर्दै क्लेरमन्ट फुर्टलाई ३–२ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी पराजित हुन पुग्यो ।

रामोस र मेस्सीले पिएसजीका लागि अन्तिम खेल खेल्दा जित निकाल्न सकेन । रामोस र मेस्सीले यो सिजनको अन्त्यसँगै पिएसजी छाड्ने निर्णय गरिसकेका छन् । उनीहरु दुवैको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ ।

यस हारका बावजुत पिएसजी फ्रेन्च लिग वानको च्याम्पियन बनिसकेको छ । पिएसजीको ३८ खेलबाट ८५ अंक पुगेको छ । समान खेलबाटै लेन्सले ८४ अंक बटुल्यो । पिएसजीलाई हराएको क्लेरमन्ट फुर्ट ५९ अंक जोडेर आठौं स्थानमा रह्यो ।

Published Date: 04 June 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय