मेस्सी र रामोसको अन्तिम खेलमा पिएसजीको हार

मेस्सी र रामोसको अन्तिम खेलमा पिएसजीको हार : Icon Khabar

काठमाडौँ, जेठ २१ । लिग वान च्याम्पियन बनिसकेकाे पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्नाे अन्तिम खेलमा हार बेहोरेको छ ।पिएसजीका लागि अन्तिम खेल खेलिरहेका फरवार्ड लियोनेल मेस्सी र डिफेन्डर सर्जियो रामोसले आफ्नाे अन्तिम खेलमा टाेलीलाई जिताउन सकेन ।

दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ ले पराजित भएको हो । रमन्टफर्टको जितमा जोहान गास्टिन, मेदी जिफेन र ग्रिजोन केयईले गोल गरे । पिएसजीका सर्जियो रामोस र केलियन एमबाप्पेको गोल सान्त्वना बन्यो ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको पाँचौं मिनेटमा ग्रिजोन केयईको गोलले मान्यता पाएन । १६औं मिनेटमा रामोसले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । उनले भिटिन्हाको पासमा गोल गर्न सफल भएका थिए ।

२१औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । एलिडु सेइडुले पेनाल्टी बक्समा अचरफ हाकिमीलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा एमबाप्पे चुकेनन् ।

तर, त्यो दुई गोलको अग्रतालाई पिएसजीले जोगाउन सकेन । २४औं मिनेटमा जोहानले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३७औं मिनेटमा ग्रिजोन केयई पेनाल्टीमा चुक्दा क्लेरमन्ट फुर्ट बराबरीबाट चुक्यो ।

पहिलो हाफको इन्ज्युरी समयमा मेदी जिफेनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि ६३औं मिनेटमा ग्रिजोन केयईले गोल गर्दै क्लेरमन्ट फुर्टलाई ३–२ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी पराजित हुन पुग्यो ।

रामोस र मेस्सीले पिएसजीका लागि अन्तिम खेल खेल्दा जित निकाल्न सकेन । रामोस र मेस्सीले यो सिजनको अन्त्यसँगै पिएसजी छाड्ने निर्णय गरिसकेका छन् । उनीहरु दुवैको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ ।

यस हारका बावजुत पिएसजी फ्रेन्च लिग वानको च्याम्पियन बनिसकेको छ । पिएसजीको ३८ खेलबाट ८५ अंक पुगेको छ । समान खेलबाटै लेन्सले ८४ अंक बटुल्यो । पिएसजीलाई हराएको क्लेरमन्ट फुर्ट ५९ अंक जोडेर आठौं स्थानमा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 June 2023
Website | + posts




ताजा
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित