पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रूपैयाँले बढ्यो

पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रूपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ २१ । पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रूपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख आठ हजार एक रूपैयाँमा कारोबार भएको सुनको मूल्य अन्तिम दिन शुक्रबार तोलामा पाँच हजार दुई सय रुपियाँले बढेर एक लाख १३ हजार तीन सय रुपियाँमा कारोबार भएको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत गत सोमबार सुनको भन्सार महसुल बढाइएसँगै सुनको मूल्य बढेको हो । बजेटमा १५ प्रतिशत सुनको भन्सार बढेको छ । भन्सार दर बढेसँगै निरन्तर रूपमा सुनको मूल्य बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Published Date: 04 June 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय