धार्मिक, ऐतिहासिक एवं पर्यटकीय गन्तव्यः चण्डेश्वरी मन्दिर (फोटो फिचर)

धार्मिक, ऐतिहासिक एवं पर्यटकीय गन्तव्यः चण्डेश्वरी मन्दिर (फोटो फिचर) : Icon Khabar

बनेपा, जेठ २० । काठमाडौं उपत्यकाको पूर्वमा पर्ने काभ्रे जिल्लाको बनेपा सहरको करिब १ किलोमिटर उत्तरपूर्वी कुनामा प्रसिद्ध चण्डेश्वरीको मन्दिर छ । बनेपामा मात्र हैन, पूरा काठमाडौं उपत्यकाभरि नै प्रख्यात रहेको छ । धेरै नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन् । यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन्, महायान बौद्धमार्गीहरू रक्षकको रूपमा मानिने एकजाती देवीको रूपमा पुज्दछन् ।

यसको जीर्णोद्धार भने ने.सं. ८०१ तिर जगज्ज्योतिर्मल्लले गराएका थिए । हिमवत्खण्ड पुराणमा चण्डेश्वरी भगवतीले चण्ड नामक राक्षसलाई मारेको वर्णन पाइन्छ । यिनको स्थापना आनन्द देवले गराएका थिए भन्ने उल्लेख पाइन्छ । यिनलाई कन्यादेवी मानिन्छ र १० वर्षभन्दा कम उमेरका कन्याद्वारा यिनको पूजाआजा गर्ने चलन छ । चण्डेश्वरीको मूर्ति काठको छ । यी देवीको उत्पत्तिका सम्बन्धमा के किंवदन्ती पाइन्छ भने, एक पटक चण्डासुर नामक दानवले ब्रह्माको तपस्या गरी बलशाली हुने वरदान पाएछ । त्यसपछि उसले देवताहरूलाई सताउन थालेछ । देवताहरू चाँगु भेगमा चाँपका रूपमा लुकेछन् । चण्डेश्वरी देवीले पनि रक्तचन्दनको वनमा चाँपकै बोटमा लुकेर चण्डलाई मारिछन् ।

यसरी उनले देवताहरूलाई दानवको यातनाबाट बचाइछन् । यही मान्यताका कारण यी देवीलाई चण्डेश्वरीका रूपमा पूजाआजा गर्ने गरिएको हो । यो मन्दिर नेपाली मौलीक प्यागोडा शैलीमा निर्माण गरिएको छ । यस मन्दिमा ३ तल्लाहरू रहेका छन् । पश्चिमी भित्तामा भैरबको मूर्ति रहेको छ । यस मन्दिरमा पाचौँ शताव्दी ईस्वी संवतको हाराहारीमा बनाइको विश्वास गरिने माटोका दुर्लभ मूर्तिहरू फेला परेका छन् ।
चण्डेश्वरी मन्दिरका भित्तामा विभिन्न चित्रहरू छन् । मध्यकालीन यी भित्तेचित्रहरू निकै महत्वपूर्ण मानिन्छन् । यस मन्दिरमा एक भित्तामा भगवान भैरबको चित्रकला पनि समावेश छ जुन नेपाल मण्डलाको सबभन्दा ठूलो भित्ता पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
Published Date: 03 June 2023
Website |  + posts
ताजा
पेट्रोलियम पदार्थको अनावश्‍यक स्टोर नगर्न उपभोक्तालाई आग्रह
आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदै, निर्वाचन प्रचारप्रसार निषेध हुने
मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन हुन्छ: निर्वाचन आयोग
चौथौं हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो