प्रधानमन्त्री दाहालको भारतमा धार्मिक भ्रमणलाई लिएर बाबुरामको प्रश्न

डा भट्टराईले प्रश्न गरेका छन्, "कहाँ जाँदैछौँ ? देश कता जादैछ ?"

प्रधानमन्त्री दाहालको भारतमा धार्मिक भ्रमणलाई लिएर बाबुरामको प्रश्न : Icon Khabar

काठमाडौं, जेठ २० । भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको धार्मिक भ्रमण नेपालका लागि चासोको विषय बनेको छ ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले शुक्रबार भारतको मध्यप्रदेशमा रहेका मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन् । तस्बिरले गम्भीर विवाद ल्याएको छ ।

नेपालको पशुपतिनाथ मन्दिरमा कहिल्यै विशेष पूजा नगरेका दाहालले शुक्रबार भारतको इन्दोरस्थित महाकालेश्वर मन्दिरमा गेरु पहिरन लगाएका छन् । साथै उनले १०८ किलो रुद्राक्षको माला पनि चढाए । उनले बिरामी पत्नी सीता दाहालको स्वास्थ्यलाभको कामना गर्दै रुद्राक्ष र नगद दान गरेका थिए ।

प्रधानमन्त्री दाहालको यो कदमको उनका पूर्व सहकर्मी तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आलोचना गरेका छन् । महाकालेश्वर मन्दिरमा पुजा गरेको दाहालको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै डा भट्टराईले प्रश्न गरेका छन्, “कहाँ जाँदैछौँ ? देश कता जादैछ ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 June 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न