प्रधानमन्त्री दाहालको भारतमा धार्मिक भ्रमणलाई लिएर बाबुरामको प्रश्न

डा भट्टराईले प्रश्न गरेका छन्, "कहाँ जाँदैछौँ ? देश कता जादैछ ?"

प्रधानमन्त्री दाहालको भारतमा धार्मिक भ्रमणलाई लिएर बाबुरामको प्रश्न : Icon Khabar

काठमाडौं, जेठ २० । भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको धार्मिक भ्रमण नेपालका लागि चासोको विषय बनेको छ ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले शुक्रबार भारतको मध्यप्रदेशमा रहेका मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन् । तस्बिरले गम्भीर विवाद ल्याएको छ ।

नेपालको पशुपतिनाथ मन्दिरमा कहिल्यै विशेष पूजा नगरेका दाहालले शुक्रबार भारतको इन्दोरस्थित महाकालेश्वर मन्दिरमा गेरु पहिरन लगाएका छन् । साथै उनले १०८ किलो रुद्राक्षको माला पनि चढाए । उनले बिरामी पत्नी सीता दाहालको स्वास्थ्यलाभको कामना गर्दै रुद्राक्ष र नगद दान गरेका थिए ।

प्रधानमन्त्री दाहालको यो कदमको उनका पूर्व सहकर्मी तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आलोचना गरेका छन् । महाकालेश्वर मन्दिरमा पुजा गरेको दाहालको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै डा भट्टराईले प्रश्न गरेका छन्, “कहाँ जाँदैछौँ ? देश कता जादैछ ?”

Published Date: 03 June 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु