शुक्रबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार हुँदै

शुक्रबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार हुँदै : Icon Khabar

काठमाडौं, जेठ १९ । सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि बिहीबार  सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १४ सय ३५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ १४ सय १० रुपैयाँ कायम रहेको थियो ।
Published Date: 02 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग