मेस्सीले पिएसजी छाड्ने पक्का

मेस्सीले पिएसजी छाड्ने पक्का : Icon Khabar

काठमाडौँ, जेठ १९ ।  फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले टोलीका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने पुष्टि गरेका छन् ।

मेस्सीले पिएसजीका लागि आफ्नो अन्तिम खेल शनिबार क्लेरर्मन्टसँग खेल्ने प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले बताएका छन् ।

मेस्सीले यो सिजनमा मात्रै पीएसजीको लागि खेल्ने र त्यसपछि अन्यत्रै जाने क्लबले पुष्टि गरेको छ । पीएसजीका प्रबन्धक क्रिस्टोफ गाल्टियरले लियोनल मेस्सी पीएसजीमा यसै सिजनसम्म मात्रै रहने बताएका बीबीसीले जनाएको छ ।

मेस्सी जस्तो फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने सुअवसर पाएकोमा आफू धेरै खुसी रहेको पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 June 2023
Website | + posts