शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? : Icon Khabar

काठमाडौँ, जेठ १९ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ५६ पैसा र बिक्री दर १३२ रूपैयाँ १६ पैसा रहेको छ भने युरो एकको खरिद दर १४० रूपैयाँ ८० पैसा र बिक्री दर १४१ रूपैयाँ ४४ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६३ रूपैयाँ ८१ पैसा र बिक्री दर १६४ रूपैयाँ ५५ पैसा तथा क्यानेडियन १ को खरिददर ९६.९८ र बिकी दर ९७.४३ रहेकाे छ।

यता अस्ट्रेलियन डलर एकको खरिद दर ८५.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.१६ रुपैयाँमा किनबेच भइरहेकाे छ।

साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा, साउदी रियाल एकको खरिद दर ३५.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.५२ रुपैयाँ तथा बिक्री दर २९.६५ रुपैयाँ रहेको छ।

साउथ कोरियन वन १०० को खरिददर ९.९६ रुपैयाँ छ भने बिक्री दर ९०.०१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

Published Date: 02 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग