प्रधानमन्त्री प्रचण्ड र भारतका राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट

प्रधानमन्त्री प्रचण्ड र भारतका राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट : Icon Khabar

नयाँदिल्ली, जेठ १८ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा उनिहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो। सो क्रममा उनिहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेको थियो।

आजै प्रधानमन्त्री दाहाल र भारतका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली पुगेको थियो । –रासस

Published Date: 01 June 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु