प्रधानमन्त्री प्रचण्ड र भारतका राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट

प्रधानमन्त्री प्रचण्ड र भारतका राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट : Icon Khabar

नयाँदिल्ली, जेठ १८ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा उनिहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो। सो क्रममा उनिहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेको थियो।

आजै प्रधानमन्त्री दाहाल र भारतका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली पुगेको थियो । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 June 2023
Website | + posts