मच्छिन्द्र र फ्रेन्ड्सको रोमान्चक बराबरी

मच्छिन्द्र र फ्रेन्ड्सको रोमान्चक बराबरी : Icon Khabar

काठमाडौँ, जेठ ४ । सहिद स्मारक ए डिभिजन लिग २०७९ अन्तर्गत मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीचको खेल २-२ को बराबरीम सकिएको छ ।

दशरथ रंगशालामा विहीबार फ्रेन्ड्सले दुई पटक अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । खेलको अन्त्यतिर दुवै गोलरक्षकले उत्कृष्ट बचाउ गरेपछि खेल बराबरीमा सकिएको थियो । फ्रेन्ड्सका लागि प्रकाश बुढाथोकी र रफिक अमिनुले गोल गर्दा मच्छिन्द्रका लागि दुवै बराबरी गोल ओलावाले आफिजको नाममा रहयो ।

यस बराबरीसँगै मच्छिन्द्र १९ खेलमा ३१ अंकसाथ तेस्रो स्थानमा कायम छ । फ्रेन्ड्सको १९ खेलमा २१ अंक रहेको छ ।

पहिलो हाफमा दुवै टोलीले निकै कम अवसर सिर्जना गरेको खेलको दोस्रो हाफ भने बिल्कुल फरक रहयो । खेलाडी परिवर्तन गरेसँगै खेल बदलिएको थियो ।

६७ औं मिनेटमा फ्रेन्ड्सले अग्रता लियो । बेन्चबाट छिरेको केहि मिनेटमा नै प्रकाश बुढाथोकीले गोल गरेका थिए । बायाँ विंगमा दिवाकर चौधरीलाई बिट गरेपछि पेनाल्टी क्षेत्रभित्र निकै कठिन एंगलबाट उनले गरेको प्रहार गोल भएको थियो । पोइन्ट ब्लान्क रेन्जबाट गोलरक्षक विशाल श्रेष्ठले बचाउने प्रयास गरेपनि बल पोस्टभित्र छिरेको थियो ।

मच्छिन्द्रले ७० औं मिनेटमा बराबरी गोल फर्कायो । युता सुजुकीको कर्नरमा ओलावाले आफिजको हेडर गोल भएको थियो । लगत्तै अर्कोतर्फ कप्तान विशालले फ्रेन्ड्सलाई अग्रता लिन दिएनन् । अफसाइड ट्रयाप बिट गरेपछि पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका प्रकाशले वन भर्सेस वनको अवस्थामा गरेको प्रहार विशालले बचाएका थिए ।

७९ औं मिनेटमा फ्रेन्ड्सले रफिक अमिनुको गोलमा अग्रता लियो । बायाँ विंगबाट लेफ्ट ब्याक एन्जल महर्जनले दिएको क्रसलाई अमिनुले फार पोस्टबाट गोल गरे । डिफेन्सको मध्यभागमा रहेका देवेन्द्र तामाङले बल क्लियर गर्न नसक्दा अमिनुले सहजै गोल गर्न पाएका थिए ।

८३ औं मिनेटमा मच्छिन्द्रका लागि आफिजले नै पुन: बराबरी गोल गरे । छिरिङ गुरुङले दिएको लामो पासमा फ्रेन्ड्सको डिफेन्सले गल्ती गर्दा ओलावालेले पेनाल्टी क्षेत्रभित्र अवसर पाए । डिफेन्सको दबाबका बीच उनले बललाई गोलरक्षक राजाबाबु थापाको पछाडी पठाउँदै खेल बराबर गरे ।

९० औं मिनेटमा विशालले अर्को उत्कृष्ट बचाउ गरे । अमिनुले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहारलाई विशालले बचाएर खेल बराबरीमा कायम राखे । लगत्तै अर्कोतर्फ गोलरक्षक राजाबाबुले पनि राम्रो बचाउ गरे । आफिजको क्रसमा युटा सुजुकीको प्रहार उनले अन्तिम समयमा खुट्टाले बचाएका थिए ।

इन्ज्युरी समयमा आफिजले खेल जिताउने सुवर्ण अवसर गुमाए । उनको पहिलो प्रहार राजाबाबुले खुट्टाले रोकेपछि रिबाउन्डमा गरेको प्रहार भने सिधै हातमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 May 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु