चर्च ब्वाइज शीर्षस्थानमा उक्लियो

चर्च ब्वाइज शीर्षस्थानमा उक्लियो : Icon Khabar

काठमाडौं, जेठ २ । चर्च ब्वाइज युनाइटेडले सातदोबाटो युवा क्लबलाई हराउँदै सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।

सुभाष गुरुङले दोस्रो हाफमा गरेको गोलमा चर्च ब्वाइजले १-० को जित हासिल गरेको हो । उनले खेलको ६३ अ‍ौं मिनेटमा पेनाल्टी क्षेत्र भित्रबाट रिबाउन्डमा आएको बललाई गोलमा परिणत गरेका थिए ।

यस जितसँगै चर्च ब्वाइज १८ खेलमा ३३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । सातदोबाटो २६ अंकसाथ सातौं स्थानमा कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2023
Website | + posts