देशभर एक महिनामा ४४ वटा चट्याङ पर्दा पाँच जनाको मृत्यु

देशभर एक महिनामा ४४ वटा चट्याङ पर्दा पाँच जनाको मृत्यु : Icon Khabar

काठमाडौं, जेठ २ । देशभर एक महिनामा ४४ वटा चट्याङका घटना भएका छन् भने पाँच जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अप्रिल १४ देखि मे १५ सम्म देशमा ४४ वटा चट्याङका घटना भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।

दैलेखमा गएराति चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।

पहाडी जिल्लामा मेघगर्जनसहित वर्षा भइरहेको र यस्तो अवस्थामा सम्भावित परिणामबारे जनता सचेत भएर आवश्यक सावधानी अपनाउन आवश्यक रहेको मौसमविद् गोविन्द झाले बताए । उनका अनुसार आज बागमती, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा चट्याङ पर्ने सम्भावना छ । प्रि–मनसुन सिजनमा चट्याङ पर्ने सम्भावना बढी हुन्छ ।

मानिसहरूलाई चट्याङको समयमा सुरक्षित रहन खेतीपातीको काम नगर्न र घर भित्र वा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।

Published Date: 16 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर