देशभर एक महिनामा ४४ वटा चट्याङ पर्दा पाँच जनाको मृत्यु

देशभर एक महिनामा ४४ वटा चट्याङ पर्दा पाँच जनाको मृत्यु : Icon Khabar

काठमाडौं, जेठ २ । देशभर एक महिनामा ४४ वटा चट्याङका घटना भएका छन् भने पाँच जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अप्रिल १४ देखि मे १५ सम्म देशमा ४४ वटा चट्याङका घटना भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।

दैलेखमा गएराति चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।

पहाडी जिल्लामा मेघगर्जनसहित वर्षा भइरहेको र यस्तो अवस्थामा सम्भावित परिणामबारे जनता सचेत भएर आवश्यक सावधानी अपनाउन आवश्यक रहेको मौसमविद् गोविन्द झाले बताए । उनका अनुसार आज बागमती, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा चट्याङ पर्ने सम्भावना छ । प्रि–मनसुन सिजनमा चट्याङ पर्ने सम्भावना बढी हुन्छ ।

मानिसहरूलाई चट्याङको समयमा सुरक्षित रहन खेतीपातीको काम नगर्न र घर भित्र वा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2023
Website | + posts