भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ला त ?

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ला त ? : Icon Khabar

काठमाडौँ, जेठ २ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आइओसीले अघिल्लो मूल्यभन्दा पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्यसूची पठाएको निगमले जनाएको छ ।

आईओसीले पाक्षिक रुपमा निगमलाई नयाँ मूल्यसुची पठाउने तालिका अनुसार मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आईओसीले अन्तर्राष्ट्रिय मूल्यको आधारमा निगमलाई नयाँ मूल्य पठाउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2023
Website | + posts