मंगलबार नेप्से परिसूचक ३.२९ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ३.२९ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ २ । मंगलबार नेप्से परिसूचक ३.२९ अंक बढेर १८२१.६० विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ७२ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २६९ स्टकको १८ हजार ८८९ पटकको कारोबारमा ६४ करोड १ लाख रुपैयाँ बराबरको २० लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। आज निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.९९ प्रतिशत बढेको छ। आज बैंकिङ्ग र अन्य उपसमूहको परिसूचक घटेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2023
Website | + posts