इन्टरनेट सेवा प्रदायक कम्पनीले सूचना नदिई इन्टरनेटको महशुल बढाएमा कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी

इन्टरनेट सेवा प्रदायक कम्पनीले सूचना नदिई इन्टरनेटको महशुल बढाएमा कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी : Icon Khabar

काठमाडौं, जेठ २ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)ले सूचना नदिई इन्टरनेटको महशुल बढाएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

आईएसपीहरूलाई इन्टरनेटको शुल्क नबढाउन भनिएको छ। प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा ४२ र अनुमतिका सर्तहरू अनुसार शुल्कहरू स्वीकृत गरेको हुनुपर्छ।

प्राधिकरणले एक विज्ञप्ति मार्फत आईएसपीहरूलाई शुल्क बढाउन अनुमति नदिने स्पष्ट पारेको छ। प्राधिकरणले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इन्टरनेट सेवा शुल्क बढाउन इन्टरनेट सेवा प्रदायकबीच आपसी सहमति भएको समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

प्राधिकरणका अनुसार कानुनविपरीत भाउ बढाउन नसकिने बताएको छ । प्राधिकरणले इन्टरनेट सेवाको शुल्क र महसुल दर आफैंले बढाउनु दूरसञ्चार ऐन, २०५३ र प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरीत हुने बताएको छ ।

Published Date: 16 May 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु