टीभीएसको दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड नारायणगढमा सम्पन्न

टीभीएसको दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड नारायणगढमा सम्पन्न : Icon Khabar

काठमाडौं, जेठ २ । नेपालका लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले चितवनको नारायणगढमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत ३० वैशाखमा आयोजना भएको यस राइड टीभीएसको नारायणगढ शोरूम ( मालश्री मोटर्स नारायणगढ) बाट सुरु भएर जगतपुर, चितवन पुगेर समापन भएको थियो ।

उक्त राइडमा सहभागीहरु बीच विभिन्न खेलहरु पनि खेलाइएको थियो । राइडमा सहभागी राइडरहरुलाई प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ४० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

उक्त राइडमा प्राविधिक टिमले सहभागीहरुलाई विभिन्न सडक सुरक्षाको बारेमा जानकारी गराएका थिए ।

Published Date: 16 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर