प्रधानमन्त्री दाहालको आह्वानमा आज दिउँसो साढे २ बजे १० दलको बैठक बस्दै

प्रधानमन्त्री दाहालको आह्वानमा आज दिउँसो साढे २ बजे १० दलको बैठक बस्दै : Icon Khabar

काठमाडौं, जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ १० दलको बैठक बोलाएका छन् ।

सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले दिउँसो साढे २ बजेलाई सिंहरबारमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए।

छलफलमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका नेताहरुको सुझाव माग्ने उनले बताए । सरकारले ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

छलफलमा आएका सुझावलाई नीति तथा कार्यक्रममा समेटेर परिमार्जन हुने आचार्यको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2023
Website | + posts




ताजा
देशका सबै संघीय अस्पतालमा भुक्तानी अनलाइन तथा क्युआर मार्फत गर्न निर्देशन
बाराहीस्थानबाट वंशगोपालसम्म र रामन्दिरदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक ‘वान वे’ गर्ने तयारी
सूचना तथा प्रसारण विभागद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित
मनसूनमा यी पाँच फलफूलको सेवनले स्वास्थ्यमा समस्या निम्त्यान सक्छ




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण