सरकारले ट्रेजरी बिलमार्फत आन्तरिक ऋण १२ अर्ब उठाउने

सरकारले ट्रेजरी बिलमार्फत आन्तरिक ऋण १२ अर्ब उठाउने : Icon Khabar

काठमाडौं, वैशाख २५ । सरकारले आन्तरिक ऋण १२ अर्ब उठाउने भएको छ । सरकारले ट्रेजरी बिलमार्फत करिब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो।

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सोमबार ३० अर्ब १८ करोड रुपैयाँको टी–बिल लिलामी गर्दैछ । उक्त रकममध्ये १८ अर्ब १८ करोड रुपैयाँको टी–बिल नवीकरणका लागि लिलामी हुनेछ भने नयाँ आन्तरिक ऋण परिचालनका लागि १२ अर्ब रुपैयाँको नयाँ टि–बिल लिलामी हुनेछ ।

तीन अर्ब रुपैयाँ २८ दिनका लागि, ७ अर्ब १० करोड रुपैयाँ ९१ दिनका लागि, ६ अर्ब रुपैयाँ १८२ दिनका लागि र २ अर्ब ८ करोड रुपैयाँ ३६४ दिनका लागि नवीकरण गर्न वार्ता गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी नयाँ ९१ दिने टि–बिल मार्फत पाँच अर्ब, १८२ दिने टि–बिल मार्फत तीन अर्ब र ३६४ दिने टि–बिल मार्फत चार अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने भएको छ ।

Published Date: 08 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग