सरकारले ट्रेजरी बिलमार्फत आन्तरिक ऋण १२ अर्ब उठाउने

सरकारले ट्रेजरी बिलमार्फत आन्तरिक ऋण १२ अर्ब उठाउने : Icon Khabar

काठमाडौं, वैशाख २५ । सरकारले आन्तरिक ऋण १२ अर्ब उठाउने भएको छ । सरकारले ट्रेजरी बिलमार्फत करिब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो।

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सोमबार ३० अर्ब १८ करोड रुपैयाँको टी–बिल लिलामी गर्दैछ । उक्त रकममध्ये १८ अर्ब १८ करोड रुपैयाँको टी–बिल नवीकरणका लागि लिलामी हुनेछ भने नयाँ आन्तरिक ऋण परिचालनका लागि १२ अर्ब रुपैयाँको नयाँ टि–बिल लिलामी हुनेछ ।

तीन अर्ब रुपैयाँ २८ दिनका लागि, ७ अर्ब १० करोड रुपैयाँ ९१ दिनका लागि, ६ अर्ब रुपैयाँ १८२ दिनका लागि र २ अर्ब ८ करोड रुपैयाँ ३६४ दिनका लागि नवीकरण गर्न वार्ता गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी नयाँ ९१ दिने टि–बिल मार्फत पाँच अर्ब, १८२ दिने टि–बिल मार्फत तीन अर्ब र ३६४ दिने टि–बिल मार्फत चार अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2023






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न