सिटि होटलको आईपीओ: पहिलो दिन मै माग भन्दा बढी आवेदन

सिटि होटलको आईपीओ: पहिलो दिन मै माग भन्दा बढी आवेदन : Icon Khabar

काठमाडौँ, वैशाख २५ । सिटि होटल लिमिटेडले आजदेखि सर्वसाधारणको निष्काशन गरेको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः०३ बजेसम्ममा २ लाख १७ हजार ४३७ आवेदकबाट २४ करोड ८७ लाख ६४ हजार रुपैयाँ बराबरको २४ लाख ८७ हजार ६४० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारलाई निष्काशन गरिएको १३ लाख ५५ हजार ९४० कित्ता शेयरको १.८३ गुणा बढी हुन आउँछ ।

होटलको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले बैशाख २८ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Published Date: 08 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग