सिटि होटलको आईपीओ: पहिलो दिन मै माग भन्दा बढी आवेदन

सिटि होटलको आईपीओ: पहिलो दिन मै माग भन्दा बढी आवेदन : Icon Khabar

काठमाडौँ, वैशाख २५ । सिटि होटल लिमिटेडले आजदेखि सर्वसाधारणको निष्काशन गरेको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः०३ बजेसम्ममा २ लाख १७ हजार ४३७ आवेदकबाट २४ करोड ८७ लाख ६४ हजार रुपैयाँ बराबरको २४ लाख ८७ हजार ६४० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारलाई निष्काशन गरिएको १३ लाख ५५ हजार ९४० कित्ता शेयरको १.८३ गुणा बढी हुन आउँछ ।

होटलको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले बैशाख २८ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने