आर्थिक पुनरुत्थानका लागि सरकारको प्रयास अपर्याप्त: डा स्वर्णिम वाग्ले

आर्थिक पुनरुत्थानका लागि सरकारको प्रयास अपर्याप्त: डा स्वर्णिम वाग्ले : Icon Khabar

काठमाडौं, वैशाख २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा आर्थिक सुधारका लागि गरेको प्रयासले पर्याप्त नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि आफ्नो धारणा राख्दै उनले अर्थतन्त्रलाई कर्मकाण्डभन्दा पनि सुधारका लागि कडा कदम चाल्नुपर्ने बताए ।

धेरै कुरा समेटेर पनि सिद्धान्त र प्राथमिकताले जनताको अपेक्षा पूरा गर्न नसकेको उनले बताए । ‘देशको अर्थतन्त्रले गति गुमाएको अवस्थामा आर्थिक वृद्धि र समृद्धिको कुरा गर्नु अनुचित हो’, उनले भने । ‘हामी अहिले करिब दुई प्रतिशत आर्थिक वृद्धिमा छौं भने चालु आर्थिक वर्षको आर्थिक वृद्धिको लक्ष्य आठ प्रतिशतको हाराहारीमा छ ।

चालु आर्थिक वर्ष सकिन करिब दुई महिना मात्रै बाँकी रहेकाले आम्दानीको तुलनामा खर्च बढ्ने समस्या प्रमुख चिन्ताको विषय बनेको छ । “बजेट घाटाको खाडल घटाउनमा ठूला चुनौतिहरू छन्। ऋण लगानी र आर्थिक वृद्धिबीच ठूलो खाडल छ। कर्जाको दर नियमित रूपमा २० वा २२ प्रतिशतले बढिरहेको छ। तर, यसले आर्थिक वृद्धिमा खासै योगदान गर्न नसकेको देखिन्छ। “उनले थपे।

Published Date: 08 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास