ढाककुमार श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न रास्वपालाई सर्वोच्चको आदेश

ढाककुमार श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न रास्वपालाई सर्वोच्चको आदेश : Icon Khabar

काठमाडौं, वैशाख २५ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाककुमार श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सोमबार अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले ‘कारण देखाउ’ सूचना जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । दुवै पक्षका वकिलको बहस सकिएर अदालतले मुद्दाको अन्तिम फैसला नआएसम्म सांसद श्रेष्ठलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न रास्वपालाई आदेश दिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

यसअघि चिकित्सा व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड माग गरेको अडियो टेप सार्वजनिक भएपछि राप्रपाले श्रेष्ठलाई सांसद पदबाट बर्खास्त गरेको थियो ।

अडियो टेपमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई पैसा तिर्नु पर्ने भन्दै प्रसाईसँग पैसा मागेको स्पष्ट सुनिएको छ ।

पार्टीको निर्णयको विरोध गर्दै सांसद श्रेष्ठले आफूलाई पार्टीको सांसद मात्र नभई सामान्य सदस्यबाट पनि बर्खास्त गर्ने रास्वपाको निर्णय रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2023






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न