ढाककुमार श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न रास्वपालाई सर्वोच्चको आदेश

ढाककुमार श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न रास्वपालाई सर्वोच्चको आदेश : Icon Khabar

काठमाडौं, वैशाख २५ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाककुमार श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सोमबार अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले ‘कारण देखाउ’ सूचना जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । दुवै पक्षका वकिलको बहस सकिएर अदालतले मुद्दाको अन्तिम फैसला नआएसम्म सांसद श्रेष्ठलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न रास्वपालाई आदेश दिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

यसअघि चिकित्सा व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड माग गरेको अडियो टेप सार्वजनिक भएपछि राप्रपाले श्रेष्ठलाई सांसद पदबाट बर्खास्त गरेको थियो ।

अडियो टेपमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई पैसा तिर्नु पर्ने भन्दै प्रसाईसँग पैसा मागेको स्पष्ट सुनिएको छ ।

पार्टीको निर्णयको विरोध गर्दै सांसद श्रेष्ठले आफूलाई पार्टीको सांसद मात्र नभई सामान्य सदस्यबाट पनि बर्खास्त गर्ने रास्वपाको निर्णय रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

Published Date: 08 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग