काठमाडौँ, वैशाख २५ । सोमबार नेप्से परिसूचक १६.९३ अंक घटेर १८३३.६९ विन्दुमा झरेको छ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ६० करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २७० स्टकको २५ हजार ५८८ पटकको कारोबारमा ८२ करोड ४२ लाख रुपैयाँ बराबरको २८ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत घटेको छ। कारोबारमा आएका वित्त, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
Published Date: 08 May 2023