नेपाली बजारमा भिभो भी सिरिज अन्तर्गतका ‘भी २७ फाइभजी’ र ‘भी २७ ई’ स्मार्टफोन सार्वजनिक

नेपाली बजारमा भिभो भी सिरिज अन्तर्गतका ‘भी २७ फाइभजी’ र ‘भी २७ ई’ स्मार्टफोन सार्वजनिक : Icon Khabar

काठमाडौं, वैशाख २५ । नेपाली बजारमा भिभो भी सिरिज अन्तर्गतका दुई नयाँ फ्ल्यागशिप स्मार्टफोन आइतबार सार्वजनिक भएको छ । कम्पनीले भी सिरिज अन्तर्गतको ‘भी २७ फाइभजी’ र ‘भी २७ ई’ स्मार्टफोन सार्वजनिक गर्दै यसका लागि प्रिबुकिङ पनि खुलाएको हो ।

ग्राहकले ३,००० रुपैयाँ तिरेर वैशाख २५ देखि ३१ गतेसम्म यी फोनको प्रि बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । भी २७ फाइभजीको प्रि-बुकिङमा भिभो टीडब्लुएस एयर र भी २७ ई को प्रि बुकिङमा नोइज लर फिट ग्राण्ड स्मार्टवाच सित्तैमा पाउन सकिनेछ ।

कम्पनीका अनुसार यी दुवै फोन ५० प्रतिशत चार्ज हुन १९ मिनेट लाग्छ । यी दुवै स्मार्टफोनमा ४६०० एमएएच ब्याट्री सहित ६६ वाटको फ्ल्यास चार्जको सुविधा दिइएको छ । दुवै फोनको ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्ट जेठ १ बाट देशभरका सबै रिटेल स्टोर र ई-कर्मस प्लेटफर्ममा उपलब्ध हुने कम्पनीले बताएको छ ।

भी २७ फाइभजी

यो फोन भिभोको पहिलो १२० हर्ज थ्रीडी कर्भ स्क्रिन भएको फोन हो । यसमा पोर्ट्रेट फोटोग्राफीका लागि औरा लाइट पोर्ट्रेट फिचर उपलब्ध गराइएको छ जसले प्रयोगकर्ताको फोटोग्राफी अनुभवलाई उत्कृष्ट बनाउने कम्पनीको भनाइ छ ।

यसमा ५० मेगापिक्सेलको अल्ट्रासेन्सिङ मूख्य क्यामेरा र ५० मेगापिक्सेलको अटोफोकस सेल्फी क्यामेरा दिइएको छ । यी दुवै क्यामेरामा सोनी आईएमएक्स ७६६ भी सेन्सर रहेको छ । यसले गर्दा रातको समयमा पनि राम्रो फोटो खिच्न सकिने कम्पनीले बताएको छ ।

यसमा ४ एनएमको मिडियाटेक डाइमेन्सिटी ७२०० प्रोसेसर रहेको छ । यो फोन म्याजिक ब्लू र नोबेल ब्ल्याक गरी दुई रङ्गमा उपलब्ध हुनेछ । नेपाली बजारमा यसको मूल्य ५८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

भी २७ ई

यो फोनमा १२० हर्जको एमोलेड डिस्प्ले उपलब्ध छ । मिडियाटेक हेलियो जी ९९ प्रोसेसर भएको यो फोनमा ओआईएस अल्ट्रा सेन्सिङको ६४ मेगापिक्सेलको मूख्य क्यामेरा छ । त्यस्तै ३२ मेगापिक्सेलको एचडी सेल्फी क्यामेरा रहेको छ । यो फोन ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याक गरी दुई रङ्गमा उपलब्ध हुनेछ । नेपाली बजारमा यसको मूल्य ४१ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

Published Date: 08 May 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी