भारतको केरलामा पर्यटकहरू चढेको डुङ्गा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु

भारतको केरलामा पर्यटकहरू चढेको डुङ्गा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, वैशाख २५ । भारतको दक्षिणी राज्य केरलामा पर्यटकहरू चढेको एउटा दुईतले डुङ्गा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

आइतवार साँझ दुर्घटनाग्रस्त उक्त डुङ्गालाई हिलोयुक्त पानीबाट बाहिर निकालिएको छ। दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्य जारी रहँदा मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार धेरै यात्रुहरू डुङ्गामुनि फसेका थिए भने राति अँध्यारोका कारण उद्धारकार्य अवरुद्ध भएको थियो। ज्यान गुमाउनेहरूमा महिला र बालबालिका पनि छन्।

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा मानिसहरूको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन्।

केरलाका मुख्यमन्त्री विजय पिनारईले स्थानीय प्रशासनलाई तीव्र गतिमा उद्धारकार्य गर्न निर्देशन दिइएको र त्यसको निगरानी क्याबिनेट मन्त्रीहरूले गरिरहेको बताएका छन्।

मलप्पुरम जिल्लाको तनुर क्षेत्रमा अवस्थित तूवलतीरम समुद्री तटनजिकै एउटा नदीमुखमा आइतवार सो दुर्घटना भएको थियो। डुङ्गा पल्टिँदा त्यसमा ५० जना भएको बताइएको छ।

पर्यटकहरू डुङ्गा चढेर समुद्रमा विहार गर्न जान्छन्। उक्त डुङ्गामा पनि पर्यटकहरू थिए। मलप्पुरम जिल्लाका प्रहरी अधिकारी अब्दुल नजारले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार उक्त डुङ्गामा क्षमताभन्दा बढी मानिस थिए।

डुङ्गा पल्टिनुको कारणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

Published Date: 08 May 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी