स्थानीय तहका पदाधिकारी एवं कर्मचारी जथाभाबी विदेश भ्रमणमा जान नपाइने

स्थानीय तहका पदाधिकारी एवं कर्मचारी जथाभाबी विदेश भ्रमणमा जान नपाइने : Icon Khabar

काठमाडौँ, वैशाख २५ । सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराई जथाभाबी विदेश भ्रमणमा नजान आग्रह गरेको हो ।

यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको भन्दै मन्त्रालयको उक्त परिपत्रमा आवश्यकताका आधारमा मात्र वैदेशिक भ्रमणमा जान निर्देशन दिइएको छ । अत्यावश्यक र औचित्यपूर्ण अवस्थाबाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउन पनि मन्त्रालयले जिल्ला समन्वय अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।

विदेश भ्रमणबारे निर्णय गर्नुअघि देशको वर्तमान आर्थिक संवेदनशीलता, चालू आर्थिक वर्षको अन्तिम र नयाँ आर्थिक वर्षको बजेट निर्माणको महत्वपूर्ण समयलाई मनन गर्न मन्त्रालयले जारी गरेको उक्त परिपत्रमा भनिएको छ ।

आधिकारिकता पुष्टि हुन नसक्ने तथा गलत कागजात तयार गरी विदेश भ्रमणमा गए या पठाइएमा त्यस्ता अनुरोध पत्रमाथि मन्त्रालयले कारबाही गर्ने चेतावनी पनि सो परिपत्रमा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न