राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र भियतनामीका पुर्व गृहमन्त्रीबिच भेटवार्ता

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र भियतनामीका पुर्व गृहमन्त्रीबिच भेटवार्ता : Icon Khabar

काठमाडौँ, वैशाख २५ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पुर्वगृहमन्त्री एबम नेपाल भियतनाम मैत्री संघका अध्यक्ष एचआर ट्रान आन तुआन बिच शिष्टचार भेटघाट भएको छ ।

अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधी मण्डलको नेतृत्व गरेर नेपाल आएको टोलीका नेता पुर्व गृहमन्त्री तुआनबिच अध्यक्ष निवास बालुवाटारमा सोमबार बिहान शिष्टाचार भेटघाट भएको हो ।

भेटघाटका क्रममा आपसी सहयोग र पर्यटन बिकासका क्षेत्रमा सहयोगआनपौदन गनेै बिषयमा छलफल भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशहरुबीच रहेका सांस्कृतिक र ऐतिहासिक समानतालाई जोड दिदैँ दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन बौद्ध धर्मले बिशेष भूमिका खेलेको बताए।

बुद्ध जन्मस्थल लुम्बिनीको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमार्फत नेपाल–भियतनाम सीधा हवाई सम्पर्क स्थापना गर्न सकेमा अझै जनस्तरको सम्बन्ध बिकास हुने बिश्वास पनि ब्यक्त गरे।

अध्यक्ष तिमिल्सिनाले व्यापार, पर्यटन र लगानीको क्षेत्रलाई प्राथमिकतामा राख्दै दुई देशबीचको द्विपक्षिय सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको बताउदै दुबै देशका बिचमा रहेको ब्यापार घाटा घटाउन आवश्यक पहल गर्न पनि आग्रह गरे ।

नेपालले भियतनामबाट मसला(मरिच), ताजा तथा सुकाइएका फलफुल, माछा, मासु आयात गर्छ भने नेपालले भियतनामतर्फ मासु र कुकुर र विरालोको खाना निर्यात गर्दै आएको छ । अध्यक्ष तिमिल्सिनाले भियतनामले तीन दशक अघि लागु गरिएका आर्थिक सुधारका कदमहरुको फलस्वरुप भियतनामले हासिल गरेको उच्च आर्थिक वृद्धि प्रति खुसी पनि ब्यक्त गरे।

सो भेटमा पुर्वगृहमन्त्री तुआनले बुद्ध जन्मस्थल धेरै भियतनामीका लागि पबित्रस्थलको रुपमा रहेको उल्लेख गर्दै सिधा हवाईसेवा सुचारु गर्न तथा ब्यापार घाटा घटाउनका लागि पनि पहल गर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2023
Website | + posts