राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री हुनसेनबीच भेटवार्ता

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री हुनसेनबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, वैशाख २०  । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच भेटवार्ता भएको छ। कम्बोडियाको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बीच शिष्टाचार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा कम्बोडिया र नेपालका बीच सिधा हवाई सेवा सञ्चालन गर्ने र द्वन्द्वाेत्तर दुई देशका बीचकाे शान्ति प्रक्रियाका अनुभवहरू आदानप्रदान गर्ने विषयमा छलफल भएको छ। अध्यक्ष तिमिल्सिनाले दुई तिहाइभन्दा बढी बौद्दमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालका बीच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको विकास हुने धारणा राखेका थिए।

Published Date: 03 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा