केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु : Icon Khabar

काठमाडौं, वैशाख १६ । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारवदेखि सुरु भएको छ ।

प्रतियोगिताको उपराष्ट्रपति राम प्रसाद सहायले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक भब्य समारोहबीच उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति सहायले खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको झण्डा फराउने र राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताउदै खेलकुद नै विश्व बन्धुत्व, शान्ति र समझदारीको महत्वपूर्ण माध्यम पनि भएको धारणा व्यक्त गरे । उपराष्ट्रपति सहायले भविष्यमा देशको प्रतिनिधित्व गर्ने खेलाडी माझ उपस्थित हुन पाउँदा खुशीको अनुभुति भएको बताए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले स्थानिय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको बताउदै प्रतियोगिता पिरामिड आकारमा जग बाटै सञ्चालन गरेर हुने हुँदा प्रतियोगिताको महत्व खेलाडी उत्पादनमा विशेष अर्थपूर्ण रहेको बताए ।

सदस्य–सचिव घिसिङले आगामी वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई थप व्यवस्थित र व्यसायिक खेलाडी उत्पादनलाई जोड दिदै खेल तालिका सार्वजनिक गरेर अगाडि बढ्नु आवश्यकतालाई महशुस गरी १४ औं संस्करण २०८० सालको फागुन १६ देखि १८ गतेसम्म सञ्चालन गर्ने घोषणा गरे ।

फ्लड लाइट (कृत्रिम प्रकाश) मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो । कृत्रिम प्रकाशमा राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको पहिलो हो । उद्घाटनका अवसरमा संघीय सांसद् तेजुलाल चौधरी, राखेपका उपाध्यक्ष शिव कोइराला, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव इमनारायण श्रेष्ठ, विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधि, विभागीय प्रमुख, शाखा प्रमुखलगायतको उपस्थिति थियो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी छन् । माध्यमिक तहमा अध्ययनरत १८ वर्षमुनिका खेलाडीले प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान छ ।
एथलेटिक्सतर्फ छात्र/छात्रामा समान १३–१३, भलिबल र कबड्डीतर्फ छात्र/छात्रामा समान १–१, करातेतर्फ छात्र/छात्रामा समान ४–४ तथा उसु र तेक्वान्दोतर्फ छात्र/छात्रामा समान ३–३ स्वर्ण गरी जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 April 2023
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू