नेपालमा बनेका सवारी साधन दर्ता गर्ने व्यवस्था यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा थपियो

नेपालमा बनेका सवारी साधन दर्ता गर्ने व्यवस्था यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा थपियो : Icon Khabar

काठमाडौं, वैशाख १४ । सरकारले यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६० मा नेपालमा बनेका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार सरकारले उक्त निर्देशिकाको बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.१ थपेर निर्देशिका परिमार्जन गरेको हो । विभागले बिहीबार एक सूचना जारी गर्दै नेपालमा बनेका सवारीसाधन दर्ता गर्ने बाटो खुला गरेको जनाएको छ ।

बुधबार बसेको बैठकको निर्णयअनुसार यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६० को बुँदा नम्बर ११.१ मा नयाँ बुँदा ११.१.९ थपिएको छ ।

११.१.९ मा नेपालमा बनाइएका वा एसेम्बल गरिएका सवारीसाधनको दर्ताका लागि विशेष व्यवस्था गरिएको विभागले जनाएको छ ।

Published Date: 27 April 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग