मनाङका बासिन्दालाई यार्सागुम्बा सङ्कलन गर्न चटारो

मनाङका बासिन्दालाई यार्सागुम्बा सङ्कलन गर्न चटारो : Icon Khabar

मनाङ, वैशाख १३ । यार्सा टिप्ने सिजन सुरु भएसँगै मनाङका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न उच्च हिमाली क्षेत्रमा पुगेका छन् ।

सामान्यतया यार्सा टिप्ने सिजन जेठदेखि सुरु भई असारको तेस्रो सातासम्म चल्ने गर्छ ।

माथिल्लो मनाङको नामके खर्क, खाङ्सारखर्क र नारफुखर्कमा बहुमूल्य जडीबुटी संकलन गर्न स्थानीयवासी निस्किएका छन् । उनीहरुको मुख्य आम्दानीको स्रोत कृषि र जडीबुटी हो । चामे गाउँपालिका–४ का जगबहादुर गुरुङले भने, ‘यो सिजन उपयुक्त भएकाले यार्सा संकलन गर्न उच्च हिमाली क्षेत्रमा जाँदैछौँ ।

उनीहरुले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएएपी) इकाई कार्यालय मनाङबाट यार्सा पिकिङको अनुमति लिएका हुन् । जडिबुटी सङ्कलनलाई मनाङवासीको आम्दानीको प्रमुख स्रोत मानिन्छ । यार्सा संकलनका लागि जिल्ला बाहिरबाट पनि यहाँ आउने गर्दछन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यार्सा सङ्कलकको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको बताइन् ।नाम्केबाट सङ्कलन शुरु भएको र स्थानीय प्रशासनले माथिल्लो मनाङको नार्फु र खाङ्सारमा पनि सङ्कलन गर्न अनुमति दिएको छ ।

जिल्ला बाहिरका यार्सा र अन्य जडिबुटी सङ्कलन गर्ने र सप्लायरका लागि कोभिड–१९ खोप कार्ड अनिवार्य रूपमा राख्नु पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 April 2023
Website | + posts




ताजा
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ
स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पर्याप्त छ: निर्वाचन आयोग


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)