मनाङका बासिन्दालाई यार्सागुम्बा सङ्कलन गर्न चटारो

मनाङका बासिन्दालाई यार्सागुम्बा सङ्कलन गर्न चटारो : Icon Khabar

मनाङ, वैशाख १३ । यार्सा टिप्ने सिजन सुरु भएसँगै मनाङका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न उच्च हिमाली क्षेत्रमा पुगेका छन् ।

सामान्यतया यार्सा टिप्ने सिजन जेठदेखि सुरु भई असारको तेस्रो सातासम्म चल्ने गर्छ ।

माथिल्लो मनाङको नामके खर्क, खाङ्सारखर्क र नारफुखर्कमा बहुमूल्य जडीबुटी संकलन गर्न स्थानीयवासी निस्किएका छन् । उनीहरुको मुख्य आम्दानीको स्रोत कृषि र जडीबुटी हो । चामे गाउँपालिका–४ का जगबहादुर गुरुङले भने, ‘यो सिजन उपयुक्त भएकाले यार्सा संकलन गर्न उच्च हिमाली क्षेत्रमा जाँदैछौँ ।

उनीहरुले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएएपी) इकाई कार्यालय मनाङबाट यार्सा पिकिङको अनुमति लिएका हुन् । जडिबुटी सङ्कलनलाई मनाङवासीको आम्दानीको प्रमुख स्रोत मानिन्छ । यार्सा संकलनका लागि जिल्ला बाहिरबाट पनि यहाँ आउने गर्दछन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यार्सा सङ्कलकको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको बताइन् ।नाम्केबाट सङ्कलन शुरु भएको र स्थानीय प्रशासनले माथिल्लो मनाङको नार्फु र खाङ्सारमा पनि सङ्कलन गर्न अनुमति दिएको छ ।

जिल्ला बाहिरका यार्सा र अन्य जडिबुटी सङ्कलन गर्ने र सप्लायरका लागि कोभिड–१९ खोप कार्ड अनिवार्य रूपमा राख्नु पर्ने भएको छ ।

Published Date: 26 April 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग