फ्लाईदुबई घटनाको छानबिन हुँदै, चराचुरुङ्गी नठोक्किएको नागरिक उड्डयन प्राधिकरणको भनाई

फ्लाईदुबई घटनाको छानबिन हुँदै, चराचुरुङ्गी नठोक्किएको नागरिक उड्डयन प्राधिकरणको भनाई : Icon Khabar

काठमाडौं, वैशाख १२ । फ्लाईदुबईले सोमबार राति उडानका क्रममा चरा ठोक्किएको जानकारी सार्वजनिक गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः अध्ययन गर्ने भएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी) र पाइलटबीच भएको संवाद र फ्लाईदुबईले जारी गरेको सूचनामा बाझिएको बताए ।

पाइलटले घटनापछि इन्जिनमा समस्या भएको एटीसीलाई बताए । हामीले प्रारम्भिक जानकारी लिँदा हावाको प्रवाह पर्याप्त नभएको जानकारी पायौं,’ उनले भने, ‘तर, फ्लाईदुबईका अनुसार त्यहाँ चराचुरुङ्गीले ठक्कर दिएको थियो । त्यसैले हामी यस विषयमा थप अनुसन्धान गर्दैछौं।”

सोमबार राति ९ः२० बजे फ्लुदुबईको काठमाडौं–दुबई उडानमा समस्या आएपछि काठमाडौंको आकाशमा परिक्रमा गर्दै धादिङ पुगेको थियो । पछि पाइलटले नेपाली एटिसीलाई समस्या समाधान भइसकेको र चेकलिस्ट अनुसार विमान आफ्नो गन्तव्यतर्फ उडेको जानकारी गराए ।

Published Date: 25 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय