फ्लाईदुबई घटनाको छानबिन हुँदै, चराचुरुङ्गी नठोक्किएको नागरिक उड्डयन प्राधिकरणको भनाई

फ्लाईदुबई घटनाको छानबिन हुँदै, चराचुरुङ्गी नठोक्किएको नागरिक उड्डयन प्राधिकरणको भनाई : Icon Khabar

काठमाडौं, वैशाख १२ । फ्लाईदुबईले सोमबार राति उडानका क्रममा चरा ठोक्किएको जानकारी सार्वजनिक गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः अध्ययन गर्ने भएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी) र पाइलटबीच भएको संवाद र फ्लाईदुबईले जारी गरेको सूचनामा बाझिएको बताए ।

पाइलटले घटनापछि इन्जिनमा समस्या भएको एटीसीलाई बताए । हामीले प्रारम्भिक जानकारी लिँदा हावाको प्रवाह पर्याप्त नभएको जानकारी पायौं,’ उनले भने, ‘तर, फ्लाईदुबईका अनुसार त्यहाँ चराचुरुङ्गीले ठक्कर दिएको थियो । त्यसैले हामी यस विषयमा थप अनुसन्धान गर्दैछौं।”

सोमबार राति ९ः२० बजे फ्लुदुबईको काठमाडौं–दुबई उडानमा समस्या आएपछि काठमाडौंको आकाशमा परिक्रमा गर्दै धादिङ पुगेको थियो । पछि पाइलटले नेपाली एटिसीलाई समस्या समाधान भइसकेको र चेकलिस्ट अनुसार विमान आफ्नो गन्तव्यतर्फ उडेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 April 2023
Website | + posts




ताजा
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने