अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ : Icon Khabar

कैलाली, वैशाख १२ । गोदावरी नगरपालिका-१ मनहराबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय चन्दु महतालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला परी पक्राउ गरेको हो ।

साथै गोदावरी नगरपालिका-५ गेटा मेडिकल कलेज नजिकबाट सोही ठाउँ बस्ने २० वर्षीय मदन चन्द समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेश पाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ क्याम्प बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका-१ लक्ष्मीटोल बस्ने २३ वर्षीय पदम भट्ट र भिमदत्त नगरपालिका-४ भगतपुर बस्ने ३३ वर्षीय सुरेन्द्र थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको सु.प.प्र.०२००३ प ६१७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-७ हल्दुखालस्थित सडक छेउबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५६ मिलिग्रामसहित सोही ठउँ बस्ने २८ वर्षीय हरीश भट्टलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published Date: 25 April 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता