वैशाख १२: गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा

वैशाख १२: गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा : Icon Khabar

गोरखा, वैशाख १२ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

२०७२ सालमा गएको गोरखा भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

२०७२ साल वैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिकाको बारपाक– वडा नम्बर १ र २ मा केन्द्रबिन्दु भएर गोरखा भूकम्प गएको थियो । ७.८ रेक्टर स्केलको भूकम्पले देशलाई तहसनहस बनायो, ९ हजारभन्दा बढीको ज्यान गएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।

अध्यक्ष भट्टले सार्वजनिक बिदाको समयमा सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, सार्वजनिक संस्था बन्द रहने जानकारी दिए ।

यस अवसरमा आज बारपाकमा विशेष कार्यक्रमको आयोजना पनि गरिएको छ । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुने कार्यक्रम रहेको अध्यक्ष भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 April 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने