वैशाख १२: गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा

वैशाख १२: गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा : Icon Khabar

गोरखा, वैशाख १२ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

२०७२ सालमा गएको गोरखा भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

२०७२ साल वैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिकाको बारपाक– वडा नम्बर १ र २ मा केन्द्रबिन्दु भएर गोरखा भूकम्प गएको थियो । ७.८ रेक्टर स्केलको भूकम्पले देशलाई तहसनहस बनायो, ९ हजारभन्दा बढीको ज्यान गएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।

अध्यक्ष भट्टले सार्वजनिक बिदाको समयमा सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, सार्वजनिक संस्था बन्द रहने जानकारी दिए ।

यस अवसरमा आज बारपाकमा विशेष कार्यक्रमको आयोजना पनि गरिएको छ । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुने कार्यक्रम रहेको अध्यक्ष भट्टले जानकारी दिए ।

Published Date: 25 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय