तनहुँ–१ को उपनिर्वाचनमा डा स्वर्णिम वाग्ले ठूलो मतान्तरले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा डा स्वर्णिम वाग्ले ठूलो मतान्तरले विजयी : Icon Khabar

काठमाडौं, वैशाख १२ । उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डा स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी भएका छन् ।

हालै नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका वाग्लेले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३८८ मतले पराजित गरेका थिए ।

वाग्लेले ३४ हजार ४८० मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी भट्टराईले २० हजार ९२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ५५५ मत प्राप्त गरे ।

तनहुँ–१ मा एक लाख २३ हजार ३०५ मतदाता छन् । आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो । वाग्लेले उपनिर्वाचनमा कुल वैध मतको ५२ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका थिए ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालले १३ प्रतिशत मत पाएका छन् ।

Published Date: 25 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय