तनहुँ–१ को उपनिर्वाचनमा डा स्वर्णिम वाग्ले ठूलो मतान्तरले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा डा स्वर्णिम वाग्ले ठूलो मतान्तरले विजयी : Icon Khabar

काठमाडौं, वैशाख १२ । उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डा स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी भएका छन् ।

हालै नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका वाग्लेले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३८८ मतले पराजित गरेका थिए ।

वाग्लेले ३४ हजार ४८० मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी भट्टराईले २० हजार ९२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ५५५ मत प्राप्त गरे ।

तनहुँ–१ मा एक लाख २३ हजार ३०५ मतदाता छन् । आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो । वाग्लेले उपनिर्वाचनमा कुल वैध मतको ५२ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका थिए ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालले १३ प्रतिशत मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 April 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने