बाँकेका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा १० घर जलेर नष्ट

बाँकेका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा १० घर जलेर नष्ट : Icon Khabar

खजुरा, वैशाख ७ । बाँकेका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । घटनामा करिब २५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा बुधबार साँझ आगलागी हुँदा पाँच घर पूर्णरुपमा र दुईवटा आंशिक जलेर नष्ट भएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

यस्तै, गाउँपालिकाको जनतापुरमा आगलागी हुँदा तीन घर र एउटा पशु गोठ जलेर नष्ट भएको छ । करिब रु १५ लाख बराबरको धनमाल नष्ट भएको उनले बताए ।

दुवै ठाउँमा आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 April 2023
Website | + posts
ताजा
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने
नाइजेरियाको एक मस्जिदमा आक्रमण हुँदा २७ जनाको मृत्यु
बुधबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू