बाँकेका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा १० घर जलेर नष्ट

बाँकेका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा १० घर जलेर नष्ट : Icon Khabar

खजुरा, वैशाख ७ । बाँकेका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । घटनामा करिब २५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा बुधबार साँझ आगलागी हुँदा पाँच घर पूर्णरुपमा र दुईवटा आंशिक जलेर नष्ट भएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

यस्तै, गाउँपालिकाको जनतापुरमा आगलागी हुँदा तीन घर र एउटा पशु गोठ जलेर नष्ट भएको छ । करिब रु १५ लाख बराबरको धनमाल नष्ट भएको उनले बताए ।

दुवै ठाउँमा आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको उनले बताए ।

Published Date: 20 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु