माई खोला हाइड्रोपावरको आईपीओ आगामी वैशाख ८ देखि सर्वसाधारणले भर्न सकिने

माई खोला हाइड्रोपावरको आईपीओ आगामी वैशाख ८ देखि सर्वसाधारणले भर्न सकिने : Icon Khabar

काठमाडौँ, चैत ३० । माई खोला हाइड्रोपावर लिमिटेडले २०८० बैशाख ८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ । सो आईपीओमा बैशाख ८ गतेदेखि १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्रमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि बैशाख २४ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 April 2023
Website | + posts
ताजा
मौसम पूर्वानुमान : देशभर आंशिक बदली, तराईमा हुस्सु र कुहिरोको असर
आज सोमबारको राशिफल
आइकन मिडिया हाउस, आइकन खबर र आर्गस एजुकेशनको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम हुने
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न