फोहोर उठाउने जिम्मेवारी स्थानीय तहको : मन्त्री शर्मा

फोहोर उठाउने जिम्मेवारी स्थानीय तहको : मन्त्री शर्मा : Icon Khabar

काठमाडौं, चैत २९ । काठमाडौं महानगरपालिकाका मेयर बलेन शाहले बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहोर उठाउन नहुने गरी सार्वजनिक गरेको वक्तव्यलाई सरकारले मंगलबार गम्भीरतापूर्वक लिएको जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कामपाका मेयर शाहको भनाइलाई गम्भीरतापूर्वक लिई समस्या समाधानका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकारसँग कुरा गर्दै भने ‘स्थानीय तहमा फोहोर उठाउने कानुनी व्यवस्था कामपासँग छ, नीतिअनुसार गर्नुपर्छ ‘।

सरकारका प्रवक्ता समेत रहेका शर्माले भने ‘काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर सङ्कलन गर्ने नीतिगत व्यवस्था विपरीत महानगरपालिका प्रमुखले बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहोर नउठाउने घोषणा गरेपछि बैठकमा गम्भीर छलफल भएको छ ।

कामपाका मेयर शाहले यसअघि यी मुख्य स्थानको फोहोर महानगरले नउठाउने घोषणा गरेका थिए । उनले काठमाडौं उपत्यकामा निस्कने फोहोरको उचित व्यवस्थापन गर्न महानगरलाई आवश्यक सहयोग नगरेको गुनासो गरेका थिए ।

बैठकले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 April 2023
Website | + posts