अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री : Icon Khabar

काठमाडौं, चैत २८ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएदेखि नै सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रबीच गहन छलफल सुरु भएको र अब निकास खोज्ने बेला भएको बताएका छन् ।

उनले लगानीको वातावरण, ब्याजदर नियन्त्रण र अर्थतन्त्रमा सकारात्मक पहलका लागि सरकार गम्भीर रहेको बताए ।

प्रधानमन्त्रीले भने, ‘बाह्य कारणले अर्थतन्त्रको आन्तरिक अवस्थामा केही समस्या देखियो, अहिले सहज अवस्थातर्फ अघि बढिरहेका छौँ,’ ‘व्याज घटाएर लगानी गर्ने क्षमता बढाउन सबै सरकारी निकाय मिलेर काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 April 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने