अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री : Icon Khabar

काठमाडौं, चैत २८ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएदेखि नै सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रबीच गहन छलफल सुरु भएको र अब निकास खोज्ने बेला भएको बताएका छन् ।

उनले लगानीको वातावरण, ब्याजदर नियन्त्रण र अर्थतन्त्रमा सकारात्मक पहलका लागि सरकार गम्भीर रहेको बताए ।

प्रधानमन्त्रीले भने, ‘बाह्य कारणले अर्थतन्त्रको आन्तरिक अवस्थामा केही समस्या देखियो, अहिले सहज अवस्थातर्फ अघि बढिरहेका छौँ,’ ‘व्याज घटाएर लगानी गर्ने क्षमता बढाउन सबै सरकारी निकाय मिलेर काम गरिरहेका छन् ।

Published Date: 11 April 2023


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु