राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार : Icon Khabar

काठमाडौं, चैत १९ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार भइरहेको छ ।

पेटको समस्याका कारण अस्पताल भर्ना भएका अध्यक्ष पौडेलको अहिले उपचार भइरहेको छ । उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज बिहान अस्पताल पुगेका थिए ।

त्यसैगरी सांसद सुरेन्द्र आचार्य र पूर्वसभामुख तारानाथ रानाभाटले पनि भेटेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपति पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित