राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार : Icon Khabar

काठमाडौं, चैत १९ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार भइरहेको छ ।

पेटको समस्याका कारण अस्पताल भर्ना भएका अध्यक्ष पौडेलको अहिले उपचार भइरहेको छ । उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज बिहान अस्पताल पुगेका थिए ।

त्यसैगरी सांसद सुरेन्द्र आचार्य र पूर्वसभामुख तारानाथ रानाभाटले पनि भेटेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपति पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

Published Date: 02 April 2023
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय