उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त : Icon Khabar

काठमाडौं, चैत १६ । निर्वाचन आयोगले वैशाख १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत तोकेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेको विज्ञप्तिअनुसार जिल्ला न्यायाधीश वासुदेव न्यौपानेलाई चितवन–२ मा प्रमुख निर्वाचन अधिकृतमा, जिल्ला न्यायाधीश मुकेश उपाध्यायलाई बारा–२ र जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई तनहुँ–१ मा प्रमुख निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो । न्याय परिषद संग।

उनीहरुलाई चैत १७ गतेदेखि प्रमुख निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो ।

प्रमुख निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेबाट सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने छ भने उपनिर्वाचनका लागि वैशाख २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट