उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त : Icon Khabar

काठमाडौं, चैत १६ । निर्वाचन आयोगले वैशाख १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत तोकेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेको विज्ञप्तिअनुसार जिल्ला न्यायाधीश वासुदेव न्यौपानेलाई चितवन–२ मा प्रमुख निर्वाचन अधिकृतमा, जिल्ला न्यायाधीश मुकेश उपाध्यायलाई बारा–२ र जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई तनहुँ–१ मा प्रमुख निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो । न्याय परिषद संग।

उनीहरुलाई चैत १७ गतेदेखि प्रमुख निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो ।

प्रमुख निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेबाट सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने छ भने उपनिर्वाचनका लागि वैशाख २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

Published Date: 30 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय