अर्थविद् डा. स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता

अर्थविद् डा. स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता : Icon Khabar

काठमाडौं, चैत १६ । नेपाली कांग्रेस परित्याग गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएका छन् ।

नेपाली कांग्रेस परित्याग गरेको केहि घण्टापछी नै उनले डिजिटल फर्म भरेर रास्वपाको सदस्यता लिएका हुन् । आवेदन परेको केहीबेरमै उनलाई रास्वपाले सदस्यता दिएको हो।

रास्वपाले वाग्लेलाई आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ १ को उम्मेदवार बनाउने तयारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2023
Website | + posts