उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक : Icon Khabar

काठमाडौं, चैत १६ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उपनिर्वाचनका लागि एक करोड ८० लाख एक हजार ५६६ मतदाता कायम भएको जानकारी दिए । जसमा पुरुष ९१ लाख ४९ हजार ३३५, महिला ८८ लाख ५२ हजार ४६ र अन्य १८५ जना छन् ।

आयोगले आज (बिहीबार) उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरेको हो । वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुगेकासहित एक करोड ८० लाख एक हजार ५६६ मतदाताको अन्तिम नामावली समावेश गरिएको छ ।

Published Date: 30 March 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक