मन्त्रिपरिषद् विस्तारका लागि सत्ता बाँडफाँड गर्ने सहमति जुटाउन सत्तारुढ दलको बैठक आज

मन्त्रिपरिषद् विस्तारका लागि सत्ता बाँडफाँड गर्ने सहमति जुटाउन सत्तारुढ दलको बैठक आज : Icon Khabar

काठमाडौं, चैत १४ । सत्ता बाँडफाँडको टुङ्गो लगाउन सत्तारुढ दलको बैठक आज मंगलबार बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदमा विश्वासको मतका लागि समर्थन गर्ने दलको बैठक अपराह्न ४ बजे बोलाउने सहमति गरेको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

तिम्सिनाले मंगलबारको बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताए । सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि सत्तारुढ दलका नेताहरूले मन्त्रीमण्डलमा सहमति जुटाउन नसकेपछि त्यसमा ढिलाइ भएको बताएका छन् ।

सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दल छन् ।

Published Date: 28 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय