सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारदेखि

सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारदेखि : Icon Khabar
Close up of a golf club and a ball in green grass on a course

काठमाडौं, चैत १३ । सूर्य नेपाल गल्फ टूर अन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा आयोजना हुने भएको छ । आयोजक ‘प्रोफेसनल गल्फर एसोसिएसनले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

उक्त प्रतियोगिता ७२ होलको हुने आयोजक ‘प्रोफेसनल गल्फर एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहने छ ।प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, रामे मगर, सुवास तामाङ, सद्भाव आचार्यलगायत खेलाडी सहभागी हुने बताइएको छ ।

नेपालका नम्बर एक खेलाडी शुक्रबहादुर राईले भने प्रतियोगितामा सहभगिता जनाउने छैनन् । उनी हाल भारतमा रहेका छन् । प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ६५ हजार, तेस्रोले ४६ हजार, चौथोले ३८ हजार, पाँचौँले ३४ हजार, छैटौँले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2023
Website | + posts