सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारदेखि

सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारदेखि : Icon Khabar
Close up of a golf club and a ball in green grass on a course

काठमाडौं, चैत १३ । सूर्य नेपाल गल्फ टूर अन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा आयोजना हुने भएको छ । आयोजक ‘प्रोफेसनल गल्फर एसोसिएसनले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

उक्त प्रतियोगिता ७२ होलको हुने आयोजक ‘प्रोफेसनल गल्फर एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहने छ ।प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, रामे मगर, सुवास तामाङ, सद्भाव आचार्यलगायत खेलाडी सहभागी हुने बताइएको छ ।

नेपालका नम्बर एक खेलाडी शुक्रबहादुर राईले भने प्रतियोगितामा सहभगिता जनाउने छैनन् । उनी हाल भारतमा रहेका छन् । प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ६५ हजार, तेस्रोले ४६ हजार, चौथोले ३८ हजार, पाँचौँले ३४ हजार, छैटौँले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुनेछ ।

Published Date: 27 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग