प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान : Icon Khabar

काठमाडौं, चैत १३ । प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी डा. अरुण शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डामा सोमबार आयोजित एक कार्यक्रमकामा प्रधान सेनापति शर्माले उपरथी शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद्को चैत्र ६ गतेको बैठकले शर्मालाई प्राविधिक उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नती भएका प्राविधिक उपरथी शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्ति भएका छन् ।

सोही अवसरमा, प्रधान सेनापति शर्माले प्राविधिक सहायक रथी दर्जामा पदोन्नती भएका १ प्राविधिक महासेनानी र प्राविधिक महासेनानी दर्जामा पदोन्नती भएका १ जना प्राविधिक प्रमुख सेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । सो कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

Published Date: 27 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग