प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान : Icon Khabar

काठमाडौं, चैत १३ । प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी डा. अरुण शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डामा सोमबार आयोजित एक कार्यक्रमकामा प्रधान सेनापति शर्माले उपरथी शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद्को चैत्र ६ गतेको बैठकले शर्मालाई प्राविधिक उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नती भएका प्राविधिक उपरथी शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्ति भएका छन् ।

सोही अवसरमा, प्रधान सेनापति शर्माले प्राविधिक सहायक रथी दर्जामा पदोन्नती भएका १ प्राविधिक महासेनानी र प्राविधिक महासेनानी दर्जामा पदोन्नती भएका १ जना प्राविधिक प्रमुख सेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । सो कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2023
Website | + posts




ताजा
स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पर्याप्त छ: निर्वाचन आयोग
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने
बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)