भूतपूर्व सैनिकको जीवन सहज बनाउन कल्याणकारी कोष : प्रधानसेनापति शर्मा

भूतपूर्व सैनिकको जीवन सहज बनाउन कल्याणकारी कोष : प्रधानसेनापति शर्मा : Icon Khabar

खैरेनीटार, चैत १० । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोष पूर्व सैनिकको जीवनस्तर उकास्नका लागि समर्पित भएको बताएको छ ।

नेपाली सेनाको ३ नंं ब्रिगेडद्वारा आज खैरेनीटारमा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले नेपाली सेनालाई सक्षम, क्रियाशील र आत्मनिर्भर भएको हेर्न चाहेको आफ्नो नियत स्पष्ट पारे ।

‘लाभार्थीका आकांक्षा र अपेक्षा असीमित भए पनि नेपाली सेनाले आफ्नो सीमित स्रोतसाधनको उपयोग गरी लाभग्राहीको जीवनस्तर उकास्न प्रयासरत रहेको छ,’ शर्माले भने ।

स्मरण रहोस्, शर्माले २०२२ अप्रिलमा सन् १९७५ मा स्थापना भएको सेना कोषमा सोही वर्षको पुस मसान्तसम्म ६३ अर्ब ९७ करोड रुपैयाँ रहेको जानकारी दिएका थिए ।

लेफ्टिनेन्ट रथी सरोजप्रताप राणाले पूर्व सैनिकहरुले दिएको योगदान र अनुशासनले संस्थालाई थप गौरवान्वित गरेको बताए ।

कोषका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले नेपाली सेनाले सञ्चालित कल्याणकारी कार्यक्रमअन्तर्गत नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा ३२ हजार ७७३ पूर्वसैनिक र उनीहरुका परिवारले रु ७ अर्बभन्दा बढीको सहुलियतपूर्ण ऋणमा विभिन्न आयोजना सञ्चालन गर्दै आएको जानकारी दिए ।

नेपाल राष्ट्रिय भूतपूर्व सेना संघका अध्यक्ष दिगम्बर राणाले नेपाली सेनाले सञ्चालित कल्याणकारी कार्यक्रमले पूर्वसैनिक र उनीहरुका परिवारको सामाजिक–आर्थिक स्तरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याएको बताए ।

कार्यक्रममा गोरखा, लमजुङ र तनहुँ जिल्लाका ६ हजार ४०० पूर्व सैनिकको सहभागिता रहेको थियो ।

सो अवसरमा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण गरिएको थियो भने एकल महिला तथा पूर्व सैनिकलाई अभिनन्दन गरिएको थियो । त्यस्तै कार्यक्रममा साना तथा मझौला उद्यमीहरुलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग