भूतपूर्व सैनिकको जीवन सहज बनाउन कल्याणकारी कोष : प्रधानसेनापति शर्मा

भूतपूर्व सैनिकको जीवन सहज बनाउन कल्याणकारी कोष : प्रधानसेनापति शर्मा : Icon Khabar

खैरेनीटार, चैत १० । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोष पूर्व सैनिकको जीवनस्तर उकास्नका लागि समर्पित भएको बताएको छ ।

नेपाली सेनाको ३ नंं ब्रिगेडद्वारा आज खैरेनीटारमा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले नेपाली सेनालाई सक्षम, क्रियाशील र आत्मनिर्भर भएको हेर्न चाहेको आफ्नो नियत स्पष्ट पारे ।

‘लाभार्थीका आकांक्षा र अपेक्षा असीमित भए पनि नेपाली सेनाले आफ्नो सीमित स्रोतसाधनको उपयोग गरी लाभग्राहीको जीवनस्तर उकास्न प्रयासरत रहेको छ,’ शर्माले भने ।

स्मरण रहोस्, शर्माले २०२२ अप्रिलमा सन् १९७५ मा स्थापना भएको सेना कोषमा सोही वर्षको पुस मसान्तसम्म ६३ अर्ब ९७ करोड रुपैयाँ रहेको जानकारी दिएका थिए ।

लेफ्टिनेन्ट रथी सरोजप्रताप राणाले पूर्व सैनिकहरुले दिएको योगदान र अनुशासनले संस्थालाई थप गौरवान्वित गरेको बताए ।

कोषका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले नेपाली सेनाले सञ्चालित कल्याणकारी कार्यक्रमअन्तर्गत नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा ३२ हजार ७७३ पूर्वसैनिक र उनीहरुका परिवारले रु ७ अर्बभन्दा बढीको सहुलियतपूर्ण ऋणमा विभिन्न आयोजना सञ्चालन गर्दै आएको जानकारी दिए ।

नेपाल राष्ट्रिय भूतपूर्व सेना संघका अध्यक्ष दिगम्बर राणाले नेपाली सेनाले सञ्चालित कल्याणकारी कार्यक्रमले पूर्वसैनिक र उनीहरुका परिवारको सामाजिक–आर्थिक स्तरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याएको बताए ।

कार्यक्रममा गोरखा, लमजुङ र तनहुँ जिल्लाका ६ हजार ४०० पूर्व सैनिकको सहभागिता रहेको थियो ।

सो अवसरमा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण गरिएको थियो भने एकल महिला तथा पूर्व सैनिकलाई अभिनन्दन गरिएको थियो । त्यस्तै कार्यक्रममा साना तथा मझौला उद्यमीहरुलाई समेत सम्मान गरिएको थियो ।

Published Date: 24 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग