वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो, अब प्रभावकारी कार्यान्वयनमा सरकारसँग सहकार्य गछौँ : एनआरएनए

वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो, अब प्रभावकारी कार्यान्वयनमा सरकारसँग सहकार्य गछौँ : एनआरएनए : Icon Khabar

काठमाडौँ, चैत ९ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ हुनु संघको लागि ठूलो उपलब्धी भएको बताएकी छिन् ।

बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको एक समारोहमा अध्यक्ष थापाले यस योजनामा सहभागी हुन चाहने महिला श्रमिकलाई विशेष ग्राहयता दिनुपर्नेमा जोड दिईन्। अध्यक्ष थापाले भनिन् , “महिला श्रमिकले स्वदेश वा विदेशमा पनि कतिपय अवस्थामा पुरुषको तुलनामा कम पारिश्रमिक पाउने गरेको अवस्थालाई स्मरण गराउछु र यस योजनामा समावेश गर्दा उक्त अवस्थालाई ध्यानमा राख्नुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराउँदछु ।”

पेन्सनसहितको सुविधा पाउने गरी कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गराउन सुरु गरेपछि बहुसंख्यक श्रमिकलाई कोषमा आबद्धताको बाटो खुलेको उनको भनाई छ । यस्तै संघका अध्यक्ष कुल आचार्यले संघको लामो समयदेखिको पहल सफल भएको भन्दै सरकार र सरोकारवालालाई आभार व्यक्त गरे ।

उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सुरक्षा कोषको योजना सफल बनाउन गैरआवासीय नेपाली संघले गरेको लामो समारोहमा मुख्य सचिव शंकरदास वैरागीले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारी र स्वरोजगारमा रहेका श्रमिकको आबद्धतालाई प्रभावकारी बनाउन गैरआवासीय नेपाली संघको साथ महत्वपूर्ण हुने बताए।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले गैरआवासीय नेपाली संघसँग सहकार्य गरेरै विदेशमा रहेका सबै श्रमिकलाई कोषमा आबद्ध गर्ने योजना रहेकोले सहकार्यका लागि आग्रह गरे।

गैरआवासीय नेपाली संघले आफ्नो सुरुको अभियान देखि नै वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार लगायत सरोकारवालाहरुसँग वकालत, पैरवीदेखि समन्वय र सहकार्यसम्म गर्दै आएको थियो । यसै शिलशिलामा संघले सरकारसँग सहकार्य गर्दै आगामी अप्रिल ७ देखि ९ सम्म कतार र मलेसियामा विशेक्ष् प्रतिनिधिमण्डलसहित सामाजिक सुरक्षा कोषमा आबद्धताबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै छ ।

सरकारले यसअघि गत मंसिरमै ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७९’ जारी गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 March 2023
Website | + posts