आँधीखोला नदी सरसफाइ अभियानले १२ साता पूरा गर्यो

आँधीखोला नदी सरसफाइ अभियानले १२ साता पूरा गर्यो : Icon Khabar

वालिङ, चैत ९ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको आँधीखोला नदी सरसफाइ अभियानले १२ साता पूरा गरेको छ ।

स्याङ्जाको वालिङ नगरपालिकाले हप्ताको दुई घण्टा खोला सफाइ अभियान सुरु गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, सामुदायिक संघसंस्था र स्थानीय बासिन्दाले सरसफाई अभियानलाई निरन्तरता दिइरहेका छन् ।

आँधीखोलाको सभ्यता र पहिचान जोगाउन यो अभियान सुरु गरिएको आँधीखोला संरक्षण सरोकार मञ्चका संयोजक प्रकाश अर्यालले जानकारी दिए ।

अभियानका साथसाथै पानीको स्रोतको संरक्षण र प्राकृतिक स्रोतको अत्याधिक दोहन न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् ।

“यो सामाजिक उत्तरदायित्वको हिस्सा भएकाले थप सहभागीहरू बिस्तारै जहाजमा आउनेछन्। यो निरन्तर अगाडि बढ्नेछ,” अर्यालले थपे।

सहरीकरण र फोहोर मिसिएपछि खोला प्रदूषित हुँदै गएकाले सरसफाइ अभियान अगाडि बढाइएको जनाइएको छ ।

Published Date: 23 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय